झण्डै दुई सय जना कालो कोटधारीहरु माइतीघर हाइटमा

झण्डै दुई सय जना कालो कोटधारीहरु माइतीघर हाइटमा

सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की हिजो अपरान्ह माइतीघरको एउटा पार्टी प्यालेसमा पुग्नुभयो । ४ बजे आयोजित कानुन व्यवसायीहरुको एउटा कार्यक्रममा प्रमुख अतिथि बन्न उहाँ सर्वोच्च अदालतबाट सोझै त्यहाँ जानुभएको बताइन्छ ।

नेपाल कानुन व्यवसायी परिषद्को तर्फबाट प्रदान गरिएको वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न कायममुकाय प्रधान न्यायाधीश कार्की कार्की ब्याङ्क्वेटमा पुग्नुभएको हो । हिजो एक सय ३७ जना कानुन व्यवसायीलाई वरिष्ठको उपाधि दिइएको छ ।

गत साउन २७ गते तय भएको उक्त कार्यक्रम हिजो सम्पन्न भएको हो । विभिन्न कारणले रोकिएकाले हिजो कार्यक्रम गरिएको परिषद्का एक जना पदाधिकारीले बताए ।

टिप्पणीहरू