प्रधानमन्त्री ठ्याक्कै १२ बजे बालुवाटाबारबाट उड्ने
प्रधानमन्त्री शेरबहादुर देउवा अबको केहीबेरमा चितवनको भरतपुर जाँदै हुनुहुन्छ । उहाँ आज गठबन्धनको तर्फबाट आयोजित आमसभालाई सम्बोधन गर्न त्यहाँ जान लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवा मध्यान्ह १२ बजे सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमा चितवन गएर आजै साँझ फर्कने कार्यक्रम रहेको बताइएको छ ।
गठबन्धनमा रहेका अन्य दलका शीर्ष नेताहरु पनि प्रधानमन्त्रीसँगै सोही हेलिकप्टरमा गएर साँझ राजधानी फर्कने बुझिएको छ ।
टिप्पणीहरू