मानुषीको समर्थनमा जनसमाजवादीका उम्मेदवारले हात उठाए
जनसमाजवादी पार्टीका उम्मेदवारले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी प्रतिनिधि सभा उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गर्ने बताएका छन् । सो क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाउँदै आजबाट मानुषीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
‘मेरो उम्मेदवारी आजकै दिनदेखि फिर्ता लिई लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार काठमाडौँ–७ प्रतिनिधिसभा उम्मेदवार मानुषी यमी भट्टराईलाई गरेको छु,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि गठबन्धनकी साझा उम्मेदवार नेपाल समाजवादी पार्टीकी नेतृ मानुषीलाई समर्थन गरेको बताएका छन् । नेता श्रेष्ठले युवा उम्मेदवार मानुषीलाई जिताउन नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आग्रह पनि गरेका छन् ।

टिप्पणीहरू