चुनावको मुखमा भाजपा नेता काठमाडौंमा

चुनावको मुखमा भाजपा नेता काठमाडौंमा

भारतका पूर्व रेलमन्त्री तथा राजनीतिज्ञ सुरेश प्रभाकर प्रभु आज काठमाडौं आएका छन् । उनी दिउँसो साढे १ बजे काठमाडौं विमानस्थलमा ओर्लेका हुन् । प्रभु इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ०३१ मा नयाँ दिल्लीबाट काठमाडौं आएको बताइन्छ ।

उनी सत्तारुढ भारतीय जनता पार्टीका नेता पनि हुन् । प्रभु सन् २०१४ अघि शिव सेनासँग आवद्ध थिए । त्यसपछि ६९ वर्षे सुरेश प्रभु भाजपाको राजनीतिमा सक्रिय भएका हुन् ।

महाराष्ट्र राज्यका उनी पेशाले चार्टर्ड एकाण्टेण्ट भएको बताइन्छ ।

टिप्पणीहरू