सुनचाँदीका गहना बोकेका ३ जना भारतीय समातिए

सुनचाँदीका गहना बोकेका ३ जना भारतीय समातिए

सुनचाँदीका गरगहनासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्रेको छ । मोरङको रंगेली नगरपालिका ४ बाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा भारतका कुमार यादव, सुरजकुमार यादव र राजेशकुमार यादव हुन् । बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट १ नेकलेस, १ रनथिया गरी एक तोला ४ आना ४ लाल सुन बरामद गरिएको छ । 

पक्राउ परेका उनीहरुको साथबाट बाला १ जोर, औंठीसहितको पञ्जा १ जोर, पाउजु १ जोर र सिक्री १ थान गरी करिब ३१ तोला चाँदी फेला परेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू