नायव सुब्बाले ३० हजार घुस लिए, खल्तीमा अर्को ३२ हजार फेला
वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे ३२ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता सुचारु गर्न भन्दै सेवाग्राहीसँग ३० हजार घुस मागेको सूचनापछि उनी समातिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिएको हो ।
टिप्पणीहरू