नापी विभागका पूर्व कर्मचारीले चुच्चे नक्सा देखाउँदै भोट मागे

नापी विभागका पूर्व कर्मचारीले चुच्चे नक्सा देखाउँदै भोट मागे

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार ईश्वर अर्यालले चुच्चे नक्सा देखाएर मतदातासँग भोट मागेका छन् । नापी विभागबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका अर्यालले नेपालको चुच्चे नक्सा बाँड्दै भोट मागेका हुन् ।

उनले यसअघि मुलुकका सातवटा जिल्लाका ७७ वटा विद्यालयमा नेपालको पछिल्लो नक्सा निःशुल्क उपलब्ध गराएका थिए । अहिले सो क्षेत्रका मतदातासँग भोेट माग्ने क्रममा घोषणापत्रसँगै चुच्चे नक्सा बाँडेका छन् । चुनावी प्रचारका क्रममा उनले देशको सीमाबारे जानकारी दिँदै आफ्नो एजेण्डा सुनाउने गरेका छन् । 

‘चापाकल’ चुनाव चिन्ह लिएका अर्यालले मतदातासँगको भेटमा आफू निकै उत्साहित भएको बताउने गरेका छन् । सरकारी सेवामा अझै १६ वर्ष जागीर बाँकी छँदै उनी राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । 

चुच्चे नक्सा बोकेर सामाजिक काममा सक्रिय रहेको बेलामा आफूलाई राजनीतिमा लाग्न सुझाव आएका कारण चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ ।

टिप्पणीहरू