विप्लव समूहद्वारा राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड

विप्लव समूहद्वारा राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड

चितवनमा राज्यमन्त्री तथा प्रनिनिधि सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको सवारी साधन तोडफोड भएको छ । आज बिहान ११ बजे भरतपुर १० स्थित हस्पिटल रोडमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका राज्यमन्त्री श्रेष्ठ चढेको लगायत दुई वटा गाडीमा आक्रमण भएको बताइएको छ ।

स्थानीय आमा समूहले आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथि रहेका राज्यमन्त्री सवार गाडी पार्किङ गरिएको स्थानमा फुटाइएको हो । तीन वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।  

राज्यमन्त्री श्रेष्ठको गाडिमा बढी क्षेती भएको र अर्को सवारी साधनमा सामान्य क्षति भएको छ । उक्त आक्रमणको जिम्मा नेकपा विप्लव समूहले लिएको छ । विप्लवका जिल्ला सेक्रेटरी रुद्र भट्टराईले सवारी साधन तोडफोडको जिम्मा लिएका छन् ।

टिप्पणीहरू