अमेरिकी राजदूत निवासमा छैन सशस्त्र सुरक्षा

अमेरिकी राजदूत निवासमा छैन सशस्त्र सुरक्षा

आगामी चुनावको सुरक्षार्थ भन्दै काठमाडौंस्थित अमेरिकी राजदूतको निवासबाट सशस्त्र प्रहरी बलको पहरा कटौती गरिएको छ ।

चार दिन अगावैदेखि त्यसरी सुरक्षाकर्मी झिकेको पाइएको हो । कमलादीको कमलकुञ्जस्थित  अमेरिकी राजदूत निवासमा अहिले सशस्त्रको टोली देखिन्न ।

त्यहाँ निर्वाचन आयोग रहेको बहादुर भवनबाट बाघभैरव गणले टुकडी खटाउने गरेको थियो । 

यसैबीच अमेरिकी राजदूत डिन थम्पसन आगामी चुनावसम्म काठमाडौंमा नै बस्ने बताइएको छ । सरकारले दुई दिन सार्वजनिक बिदा दिएको र अघिल्लो दिन शनिबार परेकाले कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरु घुम्न जाने सम्भावना हुन्थ्यो । तर चुनावी माहौल भएकाले अरु झैँ राजदूत थम्पसन पनि आगामी सोमवारसम्म काठमाडौंमै रहने बताइएको छ ।

टिप्पणीहरू