किन आयो यति नै बेला रवि लामिछानेको नागरिकता विवाद ?

किन आयो यति नै बेला रवि लामिछानेको नागरिकता विवाद ?

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठेका रवि लामिछानेको नागरिकता विवाद फेरि छताछुल्ल भएको छ । ४ वर्ष अगावै सल्टेको भनिएको उनको अमेरिकी र नेपाली नागरिकता विवाद निर्वाचनको प्रचार प्रसार सकिनु २४ घण्टाअगाडि सतहमा आएको छ । 

चितवनका राजकुमार पाण्डेले लामिछानेले यसअघि लिएको अमेरिकी नागरिकता नत्यागेको भन्दै निर्वाचन आयोगमा उजुर हालेपछि विषयले नयाँ मोड लिएको हो । आज मध्यरातदेखि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् । तर,त्यही विषयलाई लिएर रविले आफ्ना भनाइ चुनावको दिनसम्म राखिरहन पाउने र स्पस्टिकरणसम्म सोधेर निर्वाचन आयोग १ हप्तासम्म मज्जैले निदाउन पाउने भएकाले रविकै कार्तिक २४ गते तनहुँको विमलनगरस्थित मर्स्याङ्ग्दी फ्रेस फीस रेस्टुरेन्टमा दिपक बोहोरासङ्ग बसेर बनेको डिजाइनअन्तर्गत उक्त विषय कोट्याइएको भन्नेहरु पनि यतिबेला चितवनमा देखिएका छन् ।

आठ वर्षअघि सन् २०१४ मा लिएको अमेरिकी नागरिकता उनले सन् २०१८ मा त्यागेको बताएका थिए । तर,रविले प्रेस काउन्सिल,श्रम विभाग र गृहमन्त्रालयबाट कार्वाहीको डरले अमेरिकी नागरिकता त्यागेको भनिए पनि सबै प्रक्रिया पुर्याएर पुनः नेपाली नागरिकता नलिएकाले नियत खराब देखिएको भन्दै उजुर परेको हो । यस पटकको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा उनले २०५० सालमा लिएको पहिलेकै नागरिकता बुझाएको पाइएको छ । सोही नागरिकता उनले आठ वर्षअघि अमेरिकी नागरिक बन्ने क्रममा त्यागेका हुन् । 

अमेरिकी ग्रीन कार्ड र पासपोर्ट लिएर नेपालमा व्यवसाय गरेको आरोपमा उनले विगतमा गल्ती गरेको पुष्टि भइसकेको थियो । न्युज २४ टेलिभिजन,वेलकम एड्भरटाइजिङ, ब्राण्ड एम्बेसडरलगायतका काम गरेर र युट्युबबाट समेत उनले कुस्त कमाएका थिए । ती सबै काम अमेरिकी नागरिकताको आडमा भएको हो । 

लामिछानेले आफूसँग नेपालीसँगै अमेरिकी नागरिकता भएको बेला कसैले यसवारे प्रश्नचिन्ह नउठाएको भन्दै हिजोदेखि जवाफ दिन थालेका छन् । आयोगको तर्फबाट चितवन २ का निर्वाचन अधिकृत कार्यालयले उक्त उजुरीको जवाफ दिन लामिछानेलाई सात दिनको म्याद दिएको छ । तर पाँचौ दिनमा निर्वाचन हुँदैछ । आज मध्यरातदेखि उम्मेदवारले प्रचार प्रसार गर्न पाउँदैनन् । तर यही नागरिकताको विषय उरालेर रविले मिडियामा आफ्ना कुरा राखिरहन पाउने छुट  मतदानको दिनसम्म रहेकाले "गरिखान दिएनन्" भन्ने सहानुभूति बटुल्ने मनशायसहित उनकै योजनाअन्तर्गत प्रचार प्रसारको अन्तिम क्षणमा यो बवण्डर मच्चाइएको त हैन भन्ने आशंका पनि बहादुर भवनमा गरिएको बताइन्छ ।

टिप्पणीहरू