लौरो अभियानको आग्रह : अनधिकृत समाचारको पछि नलाग्नु

लौरो अभियानको आग्रह : अनधिकृत समाचारको पछि नलाग्नु

‘लौरो अभियान’ को नामले परिचित हाम्रो नेपाली पार्टीले अमुक दल वा गठबन्धनको कुनै उम्मेदवारलाई समर्थन गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । 

केही अनलाइन मिडियाहरुले प्रकाशित गरेको उक्त समाचार निराधार भएको पार्टीका प्रवक्ता रोहन कार्कीले बताएका हुन् । आफूहरुको अभियानलाई बदनाम गराउने नियतले भ्रामक हल्ला चलाइएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् । 

साथै, उनले सत्तापक्ष या प्रतिपक्ष दलको कुनै पनि उम्मेदवारलाई लौरो अभियानले समर्थन गर्ने, तालमेल गर्ने तथा सघाउनेजस्ता भ्रामक कुरामा विश्वास नगर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । 

‘चुनावको पूर्व सन्ध्यामा हामी र हाम्रो अभियानलाई बदनाम गराउने नियतले आउने यस्ता अनधिकृत समाचार तथा हल्लाहरुलाई भ्रष्ट नेतृत्वको फोहोरी राजनीतिक अभ्यासको श्रृङ्खलाको रुपमा मात्र बुझिदिनुहुन अनुरोध गर्दछौं’, पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, पार्टीका महामन्त्री तुल्सीराम भुसाल हाम्रो नेपाली पार्टी तथा लौरो अभियानको साधारण सदस्यसमेत नरहेको भन्ने समाचार पूर्णतयाः भ्रामक रहेको स्पष्ट पारिएको छ ।

टिप्पणीहरू