ओनसरी जिताउन गठबन्धनका नेताहरु जडिबुटी पुगे

ओनसरी जिताउन गठबन्धनका नेताहरु जडिबुटी पुगे

काठमाडौंमा सत्ता गठबन्धनले आज आमसभा आयोजना गरेको छ । वाम–लोकतान्त्रिक गठबन्धन, काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिले अहिले कोटेश्वरको जटिबुटीमा साझा चुनावी सभा राखेको छ ।

भर्खरै शुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाइएको छ । त्यसैगरी सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा र काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उमेदवार ओनसरी घर्तीले सम्बोधन गर्ने बताइएको छ ।

टिप्पणीहरू