निर्वाचन सामाग्री बोकेको जीप दुर्घटनाग्रस्त, प्रहरीसहित ६ घाइते

निर्वाचन सामाग्री बोकेको जीप दुर्घटनाग्रस्त, प्रहरीसहित ६ घाइते

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे.१ च २१८८ नम्बरको जीप दुर्घटनामा परेको छ ।

तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त जीप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिँदै छ ।

तीनजना प्रहरी, एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन् । निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, हरिप्रसाद देवकोटासहित छ जना घाइते भएका हुन् । जीपमा आठ जनाको टोली थियो । दुई जना सकुशल छन् ।

टिप्पणीहरू