विप्लव समूहले दियो प्रदेश सभा उम्मेदवारमाथि कारवाहीको चेतावनी

विप्लव समूहले दियो प्रदेश सभा उम्मेदवारमाथि कारवाहीको चेतावनी

नेकपा विप्लव समूहले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार तथा माडी नगरपालिकाका निवर्तमान मेयर ठाकुरप्रसाद ढकालमाथि कारवाहीको चेतावनी दिएको छ । मेयरले भूमाफियासँग मिलेर अनियमितता गरेको आरोप उक्त समूहले लगाएको छ ।

जिल्ला सेक्रेटरी रुद्रले जारी गरेको विज्ञप्तिमा मेयरको जिम्मेवारीमा छँदा ढकालले जग्गा खण्डीकरण गर्दै भूमाफियाहरुसँग कमिसन लिएको, अवैध कर सञ्चालन गरेर लाखौं भ्रष्टाचार गरेको, विभिन्न मेशिन खरिदमा वैधानिक कमिसन लिएकोलगायतका आरोप लगाइएको छ ।

ढकालले एमसीसीको पक्षमा वकालत गरेको भन्दै विप्लव समूहले सत्ताको दुरुपयोग गरेर जालसाजी र कीर्ते कार्य गरेको र ठेक्कापट्टामा मिलेमतोबाट आर्थिक अनियमितता गरेको भनिएको छ । नौ वटा आरोप लगाइएका ठाकुरमाथि समूहले किन कारवाही नगर्ने भनेर सोधेको छ ।

टिप्पणीहरू