गृहमन्त्रीका भाइ र व्यापारीबीच उधारो सहमति, भैरहवाको मेयर उम्मेदवार बनाइने आश्वासन

गृहमन्त्रीका भाइ र व्यापारीबीच उधारो सहमति, भैरहवाको मेयर उम्मेदवार बनाइने आश्वासन

भोलि हुने आमनिर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा गृहमन्त्रीका भाइ र त्यहाँका एक जना व्यापारीबीच हिजो लिखित सहमति भएको छ । गृहमन्त्री बालकृष्ण खाँणका भाइ तथा नेपाली काँग्रेस रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले भैरहवाको गल्लामण्डीस्थित व्यापारी कृष्णप्रसाद शर्मासँग गरिएको सहमतिमा गृहमन्त्री निर्वाचनमा विजयी भएमा आगामी स्थानीय तह निर्वाचनमा शर्मालाई मेयरको टिकट दिइने उल्लेख छ ।

भोलि हुने मतदानमा मन्त्री खाँणलाई जिताउन शर्माले कुनै कसर बाँकी नराख्ने सहमति भएको छ । त्यस्तै शर्माले पुर्याएको सबै खालको सहयोगको उच्च मूल्याङ्कन गर्दै मन्त्रीका दाजुभाइले आगामी निर्वाचनमा सिद्धार्थनगरको मेयरमा उनलाई काँग्रेसको उम्मेदवार बनाइने प्रतिबद्धता जनाइएको छ ।

तीन बुँदे सहमतिको पुछारमा भनिएको छ, ‘यो सहमति दुबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गर्ने ।’

टिप्पणीहरू