राजनीतिक सङ्गठनका विचलित व्यवहारले बिर्सिएको– हराएको गाँऊ (२)
जगदीशराज बराल
(गत अंकमा प्रकाशित बिचारको बाँकी अंश)
त्यसैगरी, बि.सं २०७९ कार्तिक १९ गते प्रकासित कान्तिपुर दैनिकको नेका नेता प्रदीप पौडेलसँगको अन्तर्वार्ता पनि पढ़ें । पौडेलको केही बिचारलाई देहाय अनुसार प्रस्तुत गरिएको छ ः
(क)“ एकदमै साना–साना विषय पनि राजधानी जस्तो ठाउँमा चुनावी मुद्दा हुनु आफैंमा लाजमर्दो हो ।...”
(ख)“...नियम र कानूनले दिएको काम फटाफट हुनुपर्यो. । कसैसँग भनसुन गर्न नपरोस् । राज्यलाई कर तिरेपछि भौतिक पूर्वाधार व्यवस्थित होस् । सुशासन कायम होस् । भ्रष्ट्राचारको अन्त्य होस् । सबैभन्दा बढी चाहेको विषय यति नै हुन् । जे कुरा राज्यले दिनुपर्ने हो, त्यति पनि पुरा नभएकाले असन्तुष्टि बढेको हो । आम रुपमा राजनीतिक दल र यसको संचालनको विधि र नेतृत्वसँग असन्तुष्टि रहेको पाइन्छ । यसअघि निर्वाचित व्यक्तिप्रति असन्तुष्टि बढी छ । आम रुपमा बढेको अविश्वास घटाउन सक्नुपर्छ । त्यो भनेको काम गर्ने शैली र डेलिभरी नै मुख्य कुरा हो ।...”
(ग)“...निर्वाचनका बेलामा भोट माग्न उम्मेदवारहरु जे पनि भन्छन् तर उनीहरुले भनेको कुरा सत्य हुँदैनन् भन्ने मनोविज्ञान छ । जनताको मत लिएर शक्तिशाली हुन्छन्, त्यसको दुरुपयोग गरेर आफ्नै निम्ति प्रयोग गर्छन् भन्ने बुझाइ छ । नेतृत्व गर्नेमा इमानदारिता छैन भन्ने कुरा आम रुपमा उठेको छ ।...”
(घ)“...हामी राजनीतिलाई र पार्टीलाई पनि सच्चाउने गरी उभिएका छौं । तमाम लोकतान्त्रिक व्यवस्थाका तमाम मान्यताहरुको पालना गराउनका लागि आन्तरिक रुपमा क्रान्ति गनुपर्ने जरुरी छ । ”
“अहिले जुन ढंगको व्यवहार छ, त्यो ढंगको व्यवहारले परिवर्तनको अनुभूति गराउन सक्दैन । झन् बढी निराशा बढाउँछ । अहिले स्वतन्त्रको लक्ष्य पनि व्यवस्थामाथिको प्रहार होइन । व्यवहार बदलिएन, अवस्था बदलिएन भन्ने हो । हामीले पनि राजनीतिक दलभित्रै रहेर अवस्था बदल्न खोजेका हौं । व्यवहार बदल्न खोजेका हौं । ”
“....संवैधानिक अंगमाथि हस्तक्षेप हुँदै गयो । अदालतमाथि हस्तक्षेप बढ्दै गयो । मन्त्रीपरिषद्को निर्णयमाथि अख्तियारले छानबिन गर्न पाउँदैन । लाभ लिने सबै निर्णय मन्त्रीहरुले मन्त्रिपरिषद्बारट गराउने भए । ”
“नीतिगत भ्रष्टाचारको अन्त्य नभएसम्म सुशासन कायम गर्न सकिन्न । जननिर्वाचित भएपछि त्यो व्यक्ति मालिक हुन पुग्यो । हाम्रो संविधान र लोकतन्त्रको मूल्यमान्यता भनको जनप्रतिनिधिहरु सेवक हुनुपर्छ भन्ने हो । त्यसैले प्रवृत्तिलाई बदल्न आवश्यक । व्यवहार बदल्न आवश्यक छ ।...”
(ङ) “....पार्टीको पोजिसनले प्रभाव पर्ने हो भने लोकतन्त्रको केही अर्थ नै छैन । पोजिसनमा भएको मान्छेको मात्रै प्रभाव पर्ने, मठाधिशहरुले मात्रै चलाउने हो भने त समान्तवाद भइहाल्यो नि । पैसा हुनेले, शक्तिमा हुनेले मात्रै जित्ने हो भने त लोकतन्त्र नै रहँदैन । ”
(च) “....केही पात्राहरुप्रति अत्यन्तै धेरै वितृष्णा छ । विद्रोह छ । त्यसका बाछिट्टा हामीलाई पनि परेको छ । दलभित्रै पनि सबै खराब छन् भन्ने मतदातालाई लागेको छैन ।
“तर, दलभित्रको प्रवृत्तिले दलमा सुधार आवश्यक छ भन्ने सुझाव बढी छ । दलको सीमारेखा माथि गएर राष्ट्रहितका मुद्दाहरुमा वकालत गर्नसक्ने मान्छे चाहियो भन्ने बढी छ ।....”( कान्तिपुर संवाददाता,२०७९ । मुद्दाका हिसाबले मेरो अनुहारमा पनि स्वतन्त्रको प्रतिबिम्ब देखिन्छ । कान्तिपुर दैनिक । कार्तिक १९, २०७९ । ) ।
बि.सं.२०७४ को प्रथम संघीय निर्वाचनमा आफु विजयी भएपछि आफ्नो कामको अनुमोदन भएको महसुश गर्ने चर्चित नेपाली काँग्रेस नेता गगन थापाले निर्वाचन २०७९ को कपनको चुनावि सभामा आफुले काम गर्दा पनि स्थानीय तहमा आफ्नो दलको प्रतिनिधि नभएकाले हाम्रा मतदाताहरु समक्ष हाम्रा कुराहरु पु¥याउन नसकेको(एवानथ्री अनलाइन यूटुव च्यानल,अक्टोबर २६,ई.सं. २०२२) स्वीकार गर्नु भएको थियो ।
एक बहश कार्यक्रम (यो हो टेलीभिजन,अक्टोबर १९,ई.सं.२०२२)मा चर्चित नेपाली काँग्रेस नेता गगन थापाले निम्न लिखित महत्वपूर्ण कुराहरु बताउनु भएको थियो:
(क) हामीले विगतमा चुक्यौं,समय खेर फ्याल्यौं,..अवको दिनमा रिजल्ट–डेलिभर– गर्न सकेनौं,काम गर्न सकेनौं ,जनताको समश्या सम्बोधन गर्न सकेनौं भने त्यसपछि अरु कुनै बहानामा हामी फर्केर जान सकिन्न । तर, खुला समाज भएकाले विगतको उपलब्धी सम्झेर चित्त बुझाउने हामी नेपालीको सहनशिलता पनि छ । यी कामहरु काँग्रेसले गरेको भनेर यदी जन समक्ष पहिचान दिन गराउन सकेनौ. भने त्यो क्षम्य हुँदैन ।
(ख) पहिला पार्टीहरमा गुटहरु हुन्थे । तर, अहिले गुट नै बाहिरिन्छ । अहिले पार्टीभित्र प्रश्न गर्ने मान्छे छैन । यो हुँदा नेतृत्वले आफ्नो अनुकूल दवाव दिन्छ । ...अवको प्रधानमन्त्री मै हूँ भन्ने कुरा मैले बेला हेरेर भन्दिन, यो अहिलेको परिस्थितिमा आवश्यक हो भन्ने ठान्छु ।
विराटनगरका बुद्धिजिवि,सचेत नेपाली नागरिक बलधाप कार्की अचेल सामाजिक सञ्जाल मार्फत आफ्नो बिचार प्रस्तुत गर्दै आउनु भएको छ । यसै सम्बन्धमा नीजले मिति कार्तिक १९ फेशबुकवालमा ‘बि.सं.२०७९ मङ्गसिर ०४ गतेको निर्बाचनलाई लक्षित गरि ‘घोषणापत्र रुपि ललिपपलाई मतदाताहरुले गम्भिर रुपले बुझ्न र स्पष्ट हुन तपसिलका बँुदाहरुलाई अलिकति ध्यान दिनै पर्ने भयो !’ भनेर निम्न व्यहोरा प्रस्तुत गर्नु भएको थियो:
(क) भ्रष्टाचारीहरुले नै भ्रष्टाचारको खुङ्गखार बिरोध गरिरहेको । (ख) किसानलाई समयमा मल बिउ,किटनास औषधि, कृषि औजार,सहुलियत ब्याज दरको ऋण आदि उपलब्ध गराउन अबरोध गराउने बिचौलियहरु का समरक्षकहरुबाट नै कृषक को हितका कुरा उठाइरहे को । (ग) प्राकृतिक श्रोतहरु आफ्नो हित मा मात्र सौदागिरि गरिरहेकाहरुले नै बिजुलि,जल–जङ्गल,खनिज ,जडिबुटि आदि बाट आर्थिक बिकास गर्नेे गफ चुटिरहनु ।
(घ) शिक्षा,स्वस्थ,रोजगारी आदिलाई शैक्षिक–मेडिकल–भुमाफिया,कालाबजारिया ,तस्कर,बिचौलिया र ठेकेदार समक्ष जिम्मा लगाउनेहरुबाट नै समाजबादको सुमधुर स्वरले गीत गाइरहेको । (ङ)स्वस्थ,सन्तुलित,सम्मानजनक, सह अस्तित्व,असलङ्गनता,सहकार्य,आपसी हित,स्वाधिनता आदि परराष्ट्र नीतिको आदर्श मान्यतालाई पट्टकै ध्यान नदिने हरुबाटै सन्तुलित परराष्ट्र नीतिको कुरा उठाइरहेका ।
(च) स्वाधिन अर्थब्यवस्थाको संरचना भताभुङ्ग पारी ऋण र अनुदानको भरमा मोजमस्ति गरि अलिअलि कनिका छराइ कै शैलिमा बिभिन्न बजेट तथा कार्यक्रम शीर्षकमा नगद बाडने बचनबध्द भए जस्तो गरि ब्यक्ति,समाज र राष्ट्रलाई पराधिन बनाउने कुचेष्टा गर्नुबाट अर्थराजनीतिको बाहर्«खरी समेत नचिनेको प्रष्ट हुन गईरहेको ।
(छ) राज्य सन्चालनका प्रमुख अङ्गहरु ब्यवस्थापिका–कार्यपालिका –न्यायपालिकाका संवैभानिक मान्यता अनुरुपको सभ्य र सक्षम अन्तर सम्बन्धलाई भताभुङ्ग लथालिङ्ग पार्दै संबैधानिक अङ्गहरु,कुटनीतिज्ञ, परराष्ट्र विद्,कर्मचारीतन्त्र , राष्ट्रसेवक,बुध्दिजिबि,योजना बिद् आदिलाई विवस पारी आफ्नो कब्जामा राख्नेहरुले नै संिबधानबादका कुरा उठाइरहेको ।
माथीका सवै कुराहरुले हरेक राजनीतिक दलको सङ्गठन व्यवहारको सन्देश दिन्छ । राजनीतिक विज्ञानको आधारमा राजनीतिक विचार, सिद्धान्त, राजनीतिक सहभागिताको आधार समेतलाई दृष्ठिगत गरेर हरेक नेताले विचार दिएको पाइयो ।
एडम स्मिथ,एफडवल्यू टेलर,मैक्श वेवर, एल्टन मायो, गिलब्रेथ, ग्रैन्ट,बनार्ड,फेओल, फोलेट,हर्ज बर्ग,माश ल,व्रुम जस्ता प्राज्ञ तथा विज्ञहरुले हुर्काउँदै औधोगिक क्रान्ति पनि देखेको प्रचलित ब्यबस्थापकीय सिद्धान्त अन्तर्गतको अनुशासनको औजारको रुपमा रहे अनुसार राजनीतिक दलको बयस्थापकीय पक्षसँग आवद्ध दल–सङ्गठन व्यवहारले दल भित्रको संरचना ,प्रविधि प्रक्रिया, सामाजिक प्रणाली लगायतका पक्षहरु समेटेर आफ्नो दलका एकल वा समूह सदस्य,जनसर्मथकहरु,ब्यबहार, कार्यकर्ता,अरु वरिपरिका अरु दलहरु र तीनीहरु आवद्ध सवै पक्षको पनि पनि अध्यन र बुझिएका जानेका कुराहरु दलको प्रभावकारिता बढाउँदै आफ्नो दल, दलसम्बद्ध नेता,कार्यकर्ता,समर्थक एवं आम जन हितमा प्रयोग गर्ने पक्षहरु समेटने हुन्छ ।
ब्यक्तित्व,हेर्ने तथा बुझने तरिका,सिक्ने बानी ,धारणा,परिवारिक पृष्ठभूमि,प्रशिक्षण,उत्प्रेरणा तथा मनोबल,कार्य सन्तुष्ठी,कार्य सम्पादनको स्तर मापन,नेतृत्वको प्रभावकारिता,मूल्य –मान्यता– नैतिकता जस्ता पक्षले व्यक्तिगत व्यवहारमा अशर पु¥याएको हुन्छ ।
समूहको गतिशिलता,सञ्चार व्यवस्थापनको स्थिति,वाताबरण,व्यक्तिगत –संगठनात्मक संस्कृति,परिवर्तन आत्मसात गर्ने पद्धति,सामुहिक भावना जस्ता पक्षले समुहको ब्यवहारमा प्रभाव पार्छ । संगठनको संरचना,शक्ति, प्रभावको संगठानत्मक राजनीति तथा प्रभाव,हैशियत,पदाधिकारी बीचको सम्बनध,द्वन्द व्यवस्थापन,संस्कृति,समाजको प्रकृतिले संगठन भित्रका सदस्यका व्यक्तिगत व्यवहारमा प्रभाव पारी राखेको हुन्छ ।
नेपालका दलहरुको स्थिति हेर्दा उहिलेको हाकीम कारिन्दा सम्बन्धको जस्तो संगठनको व्यवहार छ । संगठनको स्वचाविक संरचनाले सिर्जना गर्ने शक्ति र प्रभाव भन्दा पनि आफ्ना समर्थकहरुको सञ्जाल खडा गरेर संगठनलाई पुरै नियन्त्रण लिएर साधन श्रोत र निर्णयमा हालीमुहाली गर्ने स्वभावको हो जस्तो महसुश गर्न सकिन्छ ।
ब्यक्तिगत क्षमता भएका नेताहरुमा समेत उपलब्धीको आवश्यकता पुरा गर्न निर्भरताको सिद्धान्तको अनुशरण गर्ने गरेका देखिन्छ ।
आत्म केन्द्रित,साम दाम जस्तो सुकै तरिका अपनाएर आफ्नो अपरिहार्यता प्रदशर्न गर्ने महत्वकांक्षा, प्रकृया मिचेर अरुलाई हेप्दै तह नाघने इच्छा,पक्षपात,सूचना गायव गर्ने,एक अर्काको खुट्टा तान्ने,सम्बन्ध–सम्पर्क बिक्ने,सांगठनिक हैशियतको लोभ,ब्यक्तिगत स्वार्थ,सर्मथनको अस्थिरता ,गुट उपगुटको सिर्जना, दल भित्रै अरु विचारको निषेध गर्ने गेट किपिङ्ग प्रवृति समेत हावी हुने गरेको छ ।
त्यसैगरी,संगठनको हित र माया भन्दा अनेक निहूँ तथा तर्क झिकेर आफ्नो–आफ्ना पक्षधरहरुको निहित स्वार्थकोे लागि संगठन फुटने–फुट ल्याउने–एकछत्र नेतृत्व कायम गर्न बैधानिक उत्तराधिकारीहरुलाई पूर्वाग्रह राख्दै एक्ल्याएर सुद्धिकरण गर्ने नाममा अलचिलो भै दल अर्थात सङ्गठनमा नै एकता कायम गर्न इच्छुक नदेखिने फैक्शनलिज्मको खेल,लामो समयसम्म नेतृत्वमा बसिरहने इच्छा,आफुलाई समर्थन गर्नेहरुको हितमा बढी जोड,क्षेत्रीयता,त्याग, बिगतको रिस इवी साँध्ने,इमान्दारीता र लगनशिलतालाई हुक्के–बैठके–चिलिमे–चैतेको चलखेल र धनबलले प्रतिस्थापन,आफुले ओगटेको काम तथा भूमिका अरुले लिन नपाउन भन्ने स्वभाव,इस्र्या डाह,नयाँ नेतृत्वलाई प्रभावपार्न अस्वस्थ प्रतिस्पर्धा जस्ता कार्यनीति एवं पक्षहरु अवलम्बन गदै दलीय संगठनमा अरु दल तथा सर्वसाधारणले समेत सहजै अनुभूति हुने किशिमको व्यवहारहरु देखिन्छ ।
संगठन व्यवहारका श्री पेच भनेको नै नेतृत्वको व्यवस्थापकीय व्यवहार हो । राजनीतिक दलको नेतृत्वले आफ्ना दलभित्रका उपरोक्त पक्षहरु र यीनको गतिशिलतालाई बुझेर यीनलाई व्यवस्थापन गर्न सीप र दक्षता देखाउनु पर्नेमा नेतृत्वको संगठानत्मक गुणको विकाशमा उल्टै उपरोक्त पक्षहरु हावि भएर नेतृत्व नै उचित संगठन व्यवहारबाट बिचलित हुने प्रबृति देखिएकाले जुनसुकै राजनीतिक व्यवस्था आएपनि जनताको निराशामा कमि नआएको हो भन्ने निष्कर्ष निकाल्न सकिने स्थिति छ ।
( स्वतन्त्र लेखनमा संल्गन बिराटनगर बासी लेखक नेपाल सरकारका पूर्व महानिर्देशक हुनुहुन्छ सम्पर्क ९८२३४१७८९७)
(बिम्ब,छविचित्र,तस्वीर: लेखक स्वयंबाट संकलित । भाषण गदै गरेको ‘वी डट पीएसी’बाट बिहान ९.१७ बजे र नेतृत्व बेञ्चमा चढेर नियन्त्रण लिन खोजेको चाहिँ ‘फ्रिपीक’बाट । गुगल–इन्टरनेटमा मिति नोभेम्बर ०६,ई.सं. २०२२ खोजिएको ।)
टिप्पणीहरू