काङ्ग्रेस-एमालेका ठूला नेतालाई भो, अब छाडिदेऊ भन्न सक्लान् युवा नेताले ?

काङ्ग्रेस-एमालेका ठूला नेतालाई भो, अब छाडिदेऊ भन्न सक्लान् युवा नेताले ?

आइतबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजाले नेपाली राजनीतिमा दुई पुस्ताको प्रश्न उठाएको छ । नयाँ पुस्ताको सामुन्ने पुरानो पुस्ताको कुनै अर्थ नभएको सन्देश परम्परागत राजनीतिक दलदेखि नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारसम्मलाई दिइएको छ ।

नयाँ पुस्ताको घण्टी बजाउँदै उठेको राष्ट्रिय स्वतन्त्र पार्टीका एकाधबाहेक कतिपय उम्मेदवार विगतमा एमाले र काँग्रेसमा आवद्धहरु नै थिए । तर,ती पार्टीले यसबीचमा नसच्याएका कतिपय कमजोरीलाई उजागर गर्दै अहिले विभिन्न पार्टी तथा स्वतन्त्र भएर बाजी मारेका हुन् । 

नोनयन अघिसम्म विशेषतः एमाले, काँग्रेस र माओवादीका शीर्ष नेताले युवालाई प्राथमिकता दिनुपर्ने आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिए । उनीहरुले पुरानै पुस्ताका आफ्ना पक्षधर नेतालाई "ब्राण्डिङ" गरेर भोलिसम्मको निम्ति सीट सुरक्षित गर्ने योजना मात्रै बनाए । एमालेले त नारा नै तय गरेको थियो, ‘आज होइन भोलिलाई,भोट कसलाई ओलीलाई ।’ 

अहिले मतगणनाको प्रारम्भिक नतिजा आइरहेको बखत चुनावअघि ठूला दलका नेताहरुले देखाएको व्यवहार र हर्कत सम्झँदै आगामी दिनको कल्पना गरौं । सर्वत्र नयाँ पुस्ताको नारा घन्किरहँदा एमाले अध्यक्ष ओली,काँग्रेस सभापति देउवा,माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले उक्त आवाजलाई सुनेका होलान् ?

नेपाली काँग्रेसमा विजयी भएका नयाँ पुस्तामध्ये महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबेदारी गरिसकेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनको उक्त दाबेदारीलाई मलजल गर्ने पक्का छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका प्रदीप पौडेलहरु पनि उक्त माहौलमा मिसिने निश्चित छ । 

यदि सुनेका भए अब सबै खालका नेतृत्वबाट बाहिरिएर आफूहरुले अभिभावकत्व ग्रहण गर्नुको विकल्प देखिँदैन । युवाहरुको जिम्मामा पार्टीका सबै जिम्मेवारी छाड्ने वाचा गर्न सक्नुपर्छ । त्यसपछि मात्रै घैंटोमा घाम लागेको अनुभूत हुनेछ । 

नेपाली काँग्रेसमा विजयी भएका नयाँ पुस्तामध्ये महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबेदारी गरिसकेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनको उक्त दाबेदारीलाई मलजल गर्ने पक्का छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका प्रदीप पौडेलहरु पनि उक्त माहौलमा मिसिने निश्चित छ । 

ठूला पार्टीहरुले प्राप्त गरेको समानुपातिक मतको संख्यालाई हेर्दा मतदाताहरु पार्टीसँग भन्दा पार्टीका उम्मेदवारसँग असहमत रहेको प्रष्ट हुन्छ । प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हारे पनि सोही क्षेत्रबाट ठूला दलले राम्रो संख्यामा समानुपातिक मत पाउनुले उक्त कुराको पुष्टि हुन्छ ।

अहिले दलका नेताहरु बेलैमा नसच्चिँदा युवाको नाममा मत अन्त खनिएको देखिन्छ । चुनावअघि काँग्रेस र माओवादीमा आगामी प्रधानमन्त्री आलोपालो भनेर गरिएको सहमतिले पनि काँग्रेसका युवा मतदाता बिच्किएको हुनुपर्छ । विशेषगरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन किन मत दिने ? भन्ने काँग्रेसीहरुको अडान खुल्दै आएको छ ।

अर्कोतर्फ शहरी क्षेत्रमा माओवादीको अवस्था क्रमशः खस्केकोतर्फ उक्त पार्टीले अब पनि ध्यान नदिने हो भने थप क्षति हुने देखिन्छ । अहिलेको निर्वाचनमा विशेषगरी माओवादी केन्द्रको हालत सबैभन्दा दयनीय देखिने पक्का छ । डेढ दशकअघि २०६४ को पहिलो संविधान सभा निर्वाचनमा एमाले र काँग्रेसको हालत झैँ अहिले माओवादीको हुने अवस्था देखिँदैछ ।

यसको प्रत्यक्ष प्रमाण जुम्ला हो। जुम्लाजस्तो विकट जिल्ला विगतमा माओवादी मतको राम्रो आधारभूमि थियो । अहिलेको निर्वाचनमा समानुपातिकतर्फ एमाले र माओवादीले राम्रो मत प्राप्त गरे पनि जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले प्रत्यक्षमा बाजी मार्ने निश्चित छ ।

तर एमालेमा यस्तो अवस्थाको कल्पना गर्न सकिन्छ ? एमालेमा विजयी भएका वा पार्टीको जिम्मेवारीमा रहेका कुनै युवा नेताले ‘म यस्तो गर्छु’ भन्न सक्लान् ?

यता नेपाली काँग्रेसमा विजयी भएका नयाँ पुस्तामध्ये महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबेदारी गरिसकेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनको उक्त दाबेदारीलाई मलजल गर्ने पक्का छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका प्रदीप पौडेलहरु पनि उक्त माहौलमा मिसिने निश्चित छ । यस्तो अवस्थामा अब काँग्रेस पार्टी र संसदीय दलभित्र उनीहरुले पुरानो पुस्तालाई दायाँबायाँ गर्न दिने सम्भावना शून्य हुँदै गएको छ ।

तर एमालेमा यस्तो अवस्थाको कल्पना गर्न सकिन्छ ? एमालेमा विजयी भएका वा पार्टीको जिम्मेवारीमा रहेका कुनै युवा नेताले ‘म यस्तो गर्छु’ भन्न सक्लान् ? ताप्लेजुङबाट विजयी भएका योगेश भट्टराईलाई पार्टी नेतृत्वले झण्डै टिकट नदिएर पहिले नै तिरिमिरि बनाइसकेको छ ।

चितवन-१ मा दोस्रो स्थानमा रहेका सुरेन्द्र पाण्डेको पार्टीभित्रको अवस्था यसै पनि खराब थियो । प्रतिनिधि सभा सदस्यमा विजयी हुन नसके त्यो अवस्था झन् खराबमा परिणत हुने पक्का छ । पहिलेका सभामुख तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङबाट पनि नेतृत्वमाथि सकारात्मक हस्तक्षेप हुनसक्ने अवस्था देखिन्न । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५ बाट पराजित भइसकेका छन् । गुल्मीबाट जितेर आएका अन्तर्मुखी गोकर्ण बिष्टले गगन थापाले झैँ औंला ठड्याउने ल्याकत राख्लान् भनेर सोच्न सकिने अवस्था कतैबाट पनि देखिँदैन ।

एमालेभित्र यस्तो अवस्था किन उत्पन्न भयो ? भन्नेबारे वाम विश्लेषकहरु भन्छन्, ‘नेतृत्वको आलोचना गर्ने विरोधीहरुलाई पार्टीभित्रै किनारा लगाउने क्रम शुरु भइसकेको छ । सामूहिकता र जनवादी केन्द्रीयताबाट एमाले स्टालिन शैलीमा अगाडि बढेको छ । यसले पनि एमालेलाई अझै कहाँ पुर्याउँछ ? भन्ने अवस्था उत्पन्न भएको छ ।’

हुन पनि पार्टीभित्र स्वस्थ आलोचना हुन छाडेको एक जुग भएको नेताहरु स्वीकार्छन् । सीमित नेतृत्वबीच अरुको आलोचना गर्ने तर आत्मालोचना र आफ्नो आलोचना गर्नेलाई हुत्याउने प्रवृत्तिलाई एमालेका पछिल्ला व्यवहारले लगभग अनुमोदन गरेको प्रस्टै छ । त्यसैले मंसिर ४ गते सम्पन्न निर्वाचनमा देखिएको कमजोरी कसले औंल्याइदिने ? 

मत परिणाम आउँदै गर्दा नयाँ बहस र छलफल पनि हुन थालेको छ । आफ्नोतर्फबाट आवश्यक बहुमत नपुग्ने भएपछि एमालेले अब फेरि विगतमा झैँ अन्य पार्टीका सांसदलाई कन्याउने क्रम नहोला भन्न सकिन्न । सम्भव भएसम्म माओवादी र नेकपा एकीकृत समाजवादीका केही थान सांसदलाई भित्र्याउने हर कोशिस हुनसक्ने धेरैको आकलन छ । यस्तो प्रवृत्ति चुनावको मुखमा मधेश केन्द्रित दललाई बोकेर हिँडेझैँ गलत हुने विगतले समेत पुष्टि गरिसकेको छ । 

चुनावी परिणाम आउँदै गर्दा एमालेका पछिल्ला निर्णय,व्यवहार र गतिविधिबाट न्यूनतम पाँच वर्षको निम्ति पार्टीगत क्षति भएको छ । यो क्षतिको पुर्ताल आगामी पाँच वर्षमा कदापी सम्भव छैन । 

यसको निम्ति अब निर्मम समीक्षा गर्नुको विकल्प देखिँदैन । एमाले, काँग्रेस,माओवादीलगायत दलले नयाँ पुस्तालाई उपयुक्त जिम्मेवारी र पुराना पुस्ताले स्वेच्छिक अवकास वा अभिभावकत्व ग्रहणबाहेक अर्को गतिलो उपाय पनि हाललाई छैन ।

 

टिप्पणीहरू