गोरखामा लागुऔषधसहित तीन जना पक्राउ

गोरखामा लागुऔषधसहित तीन जना पक्राउ

गोरखामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । गोरखा नगरपालिका– १० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । 

घरमा लुकाएर राखेको अवस्थामा डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाइल चार थान प्रहरीले बरामद गरेको छ । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू