भैँसी गोठमा यतिसम्म अवैध धन्दा
सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरमा गाँजा कारोवारमा संलग्न तीन जना पक्राउ परेका छन् । स्थानीय ४५ वर्षीय शिवनारायण रायसमेत तीन जनालाई अवैध लागूऔषध गाँजा तीन सय ग्राम र नगद एक हजार पाँच सय ८० रूपैयाँसहित हिजो दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजा र नगदसहित पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता,मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पनि ३८ केजी गाँजासहित स्थानीय ३५ वर्षीय हरिकृष्ण अधिकारी र अरु दुई जना समातिएका छन् । अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडेरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई हिजो दिउँसो पक्राउ गरेको हो ।
टिप्पणीहरू