आतंकवादीको पैसा छुट्याउन राष्ट्र बैंक आक्रमक

आतंकवादीको पैसा छुट्याउन राष्ट्र बैंक आक्रमक

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुध्दिकरणसम्बन्धी कारोबार र गतिविधिका लागि महाशाखा स्थापना गर्ने भएको छ । सम्पत्ति शुध्दिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागिएको बैंकले जनाएको छ ।

आगामी माघ १ गतेदेखि बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुध्दिकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्न लागिएको छ । मुलुकभित्र गैरकानूनी रुपमा कमाएको कालोधन पहिचान गर्ने योजनासहित अलग्गै महाशाखाको स्थापना हुन लागेको हो ।

हाल बैंकमा वित्तीय जानकारी इकाइ छ । उक्त इकाइ भने यथावत रहने छ । बैंकका प्रवक्ता  डा. गुणाकर भट्टका अनुसार फाइनान्सियल इन्टेलिजेन्सको काम गर्दै आएको इकाइ र नयाँ स्थापना हुन लागेको महाशाखा फरक हो । महाशाखा सबै सुपरीवेक्षण विभागमा हाल कार्यान्वयनमा रहेको एएमएल सीएफटी फाँटलाई एकीकृत गरेर सोहीबमोजिमको कार्य गर्न बनाइएको भट्टको भनाइ छ ।

टिप्पणीहरू