डेढ सय यात्रु सवार एअर इण्डियाको विमानलाई तानेर साइड लगाइयो

डेढ सय यात्रु सवार एअर इण्डियाको विमानलाई तानेर साइड लगाइयो

एअर इण्डियाको उड्न ठिक्क परेको विमानको टायर पड्केपछि रनवेबाट तानिएको छ । रन वेबाट टेक अफ गर्न ठिक्क परेको एआई २१६ को बायाँतर्फको टायर पड्केको थियो ।  अपरान्ह सवा ४ बजे उक्त विमान नयाँ दिल्लीतर्फ प्रस्थान गर्न लागेको बेला सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको बताइन्छ । विमानमा एक सय ६४ जना यात्रु थिए । 

अन्तर्राष्ट्रिय टर्मिनलबाट आन्तरिकतर्फको ट्याक्सी वेमा जाँदै गर्दा विमानको टायर पड्केको हो । काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्ने क्रममा रनवेको झण्डै दुई किलोमीटर क्षेत्रमा पुग्दा पछाडिको बायाँतर्फका दुई वटामध्ये दायाँ टायर पड्केको थियो ।

टायर पड्केपछि विमान त्यहीँ  रोकियो । तर विमानमा रहेका यात्रुहरु सुरक्षित रहेको प्रारम्भिक विवरण दिइएको छ । विमानमा भएको र हुनसक्ने क्षतिको विवरण आउन बाँकी छ । विमानलाई गाडीले तानेर केहीबेर अघि पार्किङतर्फ लगिएको छ । विमान एअरबस कम्पनीको ए ३२० मोडलको हो ।

टिप्पणीहरू