मोटरसाइकलमा हालेर सामुदायिक वनको काठ तस्करी

मोटरसाइकलमा हालेर सामुदायिक वनको काठ तस्करी

प्रहरीले चितवनमा मोटरसाइकलसहित तस्करी गर्न लागिएको काठ समातेको छ । भरतपुर महानगरपालिका– ११, भोजाङबाट ना.१६ प २०५७, ना.६ प २६४२ र ग.४ प ५९४३ नम्बरको मोटरसाइकलसहित काठ नियन्त्रणमा लिइएको बताइएको छ । 

खगेरी पुल नजिकै नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लुकाईछिपाई मोटरसाइकलमा हालेर लैजाँदै गरेको काठ बरामद भएको हो । प्रहरी चौकी भोजाङबाट खटिएको गस्ती टोलीलाई देखेपछि तस्करहरु मोटरसाइकलसहित काठ छाडेर भागेका हुन् 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टिप्पणीहरू