अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ मा चक्कु प्रहार गरेर दुई जना युवा फरार भएका छन् । बागमती प्रदेशको अर्थ मन्त्रालय गेटमा सामान्य भनाभनपछि हातपात भएकोमा हेटौंडा-५ सिन्चाइ टोल बस्ने अन्दाजी ३५ वर्षका दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएका छन् ।

घटनावारे अनुसन्धान भइरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते न्यौपानेको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखाबाट रगत बगेको देखिएको प्रत्यक्षदर्शीले बताए । 

बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय गेटैमा दुई पक्षबीच हानाहान भएको थियो । मन्त्रालयसँगै रहेको पुनरावेदन अदालत पाटन हेटौंडा इजलास,जिल्ला अदालत मकवानपुर,जिल्ला मालपोत कार्यालयमा सुरक्षाकर्मी खटिरहेको अवस्थामा घटना भएको हो ।

टिप्पणीहरू