ओलीको हातबाट बधाई थाप्न जितेका मात्र नभई हारेका पनि काठमाण्डौ ओइरँदै

ओलीको हातबाट बधाई थाप्न जितेका मात्र नभई हारेका पनि काठमाण्डौ ओइरँदै

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित सांसदहरुलाई भोलि बधाई दिनुहुने भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उहाँले चुनाव जितेका आफ्ना सांसदहरुलाई खादा ओढाउन लाग्नुभएको हो । 

एमालेले निर्वाचित सांसदहरुका लागि कार्यक्रमको आयोजना गरेको छ । तर हारेकाहरु पनि कार्यक्रममा उपस्थित हुने देखिएको छ । कार्यक्रममा सहभागी हुन हारेकाहरु समेत धमाधम आफ्नो गृहजिल्लाबाट काठमाडौं भित्रिँदै छन् । 

कैलालीबाट चुनाव लडेका तर पराजित पूर्वमन्त्री नारदमुनि राना र कञ्चनपुरबाट हारेकी निरुदेवी पाल धनगढीबाट आज बेलुका राजधानीतिर प्रस्थान गरेका छन् । गेटा विमानस्थलमा देखिएका उनीहरु श्री एयरको नियमित उडानबाट काठमाडौं आउन लागेका हुन् । 

त्यस्तै,नेकपा माओवादी केन्द्रबाट रामबहादुर थापा (बादल) संगै एमालेमा बसेका लेखराज भट्ट पनि धनगढीबाट काठमाडौं उडेका छन् ।  उनी पनि कैलालीबाट पराजित उम्मेदवार हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बीना मगरलाई दोब्बर मतान्तरले कन्चनपुरबाट हराउने पूर्व प्रादेशिक आर्थिक मामिलामन्त्री तारा लामा तामाङ्ग पनि एक छिनमा राजधानी आउँदैछन् ।
 

टिप्पणीहरू