बल्ने र निसासिने उपकरणबाट जोगिन प्रहरीको आग्रह

बल्ने र निसासिने उपकरणबाट जोगिन प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर, काठमाडौंले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जाडो मौसममा चिसोबाट जोगिन झ्याल ढोका थुनेर हिटर बाल्दा दुर्घटना हुने गरेकाले प्रहरीले यस्तो आग्रह गरेको हो । 

कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने र यसले टाउको दुख्ने, रिंगटा लाग्ने, निस्सासिई बेहोस हुने र थाहा नै नपाईकन मृत्युसमेत हुने गर्छ । परिसरले यसबाट बच्न सात बुँदे उपाय जारी गर्दै आफू बाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्न भनेको छ । 

त्यस्तै, झयाल ढोकाका चरहरुमा बोरा, कपडा राखी हिटरलगायतका विद्युतीय उपकरणहरु नबाल्न, चुल्हो, फलामको चुल्हो, मकल, कराइहरुमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्नुहुन अनुरोध गरिएको छ । 

विद्युतीय उपकरणहरुका स्वीच, मल्टिप्लगहरुलाई काम सकिएपछि बन्द गर्न र चुल्हो, हिटरनजिक छिटो बल्ने खालका सामग्री (कागज, ब्ल्याङ्केट, कपडा, कपास, भुस्सा) नराख्न भन्दै परिसरले सचेत गराएको छ ।

टिप्पणीहरू