बलात्कारको आरोपमा युवक पक्राउ

बलात्कारको आरोपमा युवक पक्राउ

मोरङको बेलबारीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  बेलबारी नगरपालिका ३ सिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई सोमबार साँझ प्रहरीले समातेको हो । 

बिकले बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

टिप्पणीहरू