बोटविरुवा संरक्षणको निम्ति कर्मचारी भर्ना गर्ने तयारीमा सेना
नेपाली सेनाले १८ जना वृक्षारोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा भर्ना गर्न लागेको हो । द्रुुत मार्ग निर्माणको क्रममा रुख काटिएपछि त्यसको क्षतिपूर्तिस्वरुप वृक्षारोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवाको हेरचाह गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्नेछन् । कार्यक्षेत्र बाराको जीतपुर,सिमरा तथा निजगढ नगरपालिका तोकिएको छ । उनीहरुलाई पारिश्रमिकवापत मासिक १८ हजार उपलब्ध गराइने सेनाले जनाएको छ ।
टिप्पणीहरू