चुनावमा मारिनेलाई १० लाख
सरकारले गत आमनिर्वाचनको क्रममा ज्यान गुमाएका बाजुराका सञ्जीव ऐडी र चेतनदीप ऐडीका परिवारलाई १०/१० लाख रुपैयाँँ दिने भएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले पीडित परिवारलाई उक्त रकम बराबरको आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिइएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–७ दम्थास्थित निर्वाचन केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागेर सञ्जीवको र चेतनदीपको अर्को झडपमा मृत्यु भएको थियो । त्यसैगरी कम्बोडियाको आगलागीमा ज्यान गुमाएका झापाका निराकार पाण्डेको पार्थिव शरीर स्वदेश ल्याउन लाग्ने खर्च पनि सरकारले व्यहोर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउँदै उक्त कुुरा बताउनुभएको हो ।
बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने,राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा माघ २५ गते निर्वाचन गर्नेलगायत निर्णय गरेको पनि बताइएको छ ।
टिप्पणीहरू