गोरखाका क्रसर उघोग बन्द गर्न लागियो

गोरखाका क्रसर उघोग बन्द गर्न लागियो

जिल्ला प्रशासन कार्यालय, गोरखाले नियम विपरीत सञ्चालनमा रहेका जिल्लाका क्रसर उघोगहरु बन्द गर्न निर्देशन दिएको छ । बिना दर्ता र नवीकरण एंव अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उघोगहरु बन्द गर्न कार्यालयले निर्देशन दिएको हो । 

‘विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाका लागी आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उघोग/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत बन्द गर्न यो सूचना प्रकाशित गरिएको छ,’ प्रशासन कार्यालयद्धारा प्रकाशित सूचनामा भनिएको छ ।

साथै, नियम विपरीत ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा कानूनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू