एकातिर प्रचण्ड-ओलीसङ्ग सहमति, अर्कातिर मागको भारी

एकातिर प्रचण्ड-ओलीसङ्ग सहमति, अर्कातिर मागको भारी

सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच भर्खरै १२ बुँदे सहमति भएको छ । उनीहरुबीच कार्यगत एकता र सहमतिको भाषा लेखिएको १२ बुँदे माग सरकारले नै पूरा गर्नुपर्ने अवस्थाको छ । 

बैठकमा दुबै पार्टीका नेताहरुले संघीय र प्रदेश सरकारमा सहभागी नहुने भन्दै चर्का धारणा राखेको बताइन्छ । बुद्धनगरमा आज दिउँसोको बैठकमा प्रस्तुत नेताहरुको धारणा सरकारलाई घुर्काउने आशयले आएको दुबैतिर दोस्रो तहका नेताहरुले महसुस गरेका छन् ।

बैठकमा जनमतका अध्यक्ष सीके राउत र उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलगायत आधा दर्जन नेताको उपस्थिति थियो । बैठकमा सहभागी जनमतको तर्फबाट मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष अब्दुल खानका अनुसार सरकारमा नजाने भन्ने पक्षमा बहुमत सदस्य देखिएका छन् । 

तर एकछिनपछि सार्वजनिक गरिएको १२ बुँदे कार्यगत एकतामा सरकारमा नजानेबारे त्यस्तो केही पनि लेखिएको छैन । बुँदा नम्बर १२ मा संघ तथा प्रदेश सरकारमा सहभागी हुँदा माथिको बुँदाहरुलाई कार्यान्वयन गर्ने गरी एक भएर मात्र जाने भनिएको छ ।

टिप्पणीहरू