प्रधानमन्त्रीको निर्देशनलगत्तै मलेसियामा थुनिएका १३ नेपालीको उद्धार

प्रधानमन्त्रीको निर्देशनलगत्तै मलेसियामा थुनिएका १३ नेपालीको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनलगत्तै मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । जसमध्ये ६ जनालाई भोलि स्वदेश फर्काउने तयारी छ । 

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो बाहिरिएपछि आज बिहान प्रधानमन्त्री प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेकाहरुको अवस्था बुझेर तत्काल रिहाई तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनको आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली दूतावाससँग सम्पर्क गरी उद्धार गरेको हो ।

नेपाली दूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारीअनुसार मलेसिया पठाउने मेनपावर कम्पनीको खर्चमा उद्दार गरिएकाहरुलाई होटलमा राखिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि मंगलबार र ७ जना शुक्रबार नेपाल फर्किने छन् । 

मलेसियाको अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्नसमेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

टिप्पणीहरू