अनैतिक क्रियाकलापमा संलग्न क्यानेडियन नागरिक पक्राउ
राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप गरेर अरुलाई दुःख दिएका एक जना क्यानेडियन नागरिक पक्राउ परेका छन् । अनैतिक क्रियाकलाप गरेर घरधनी तथा स्थानीय व्यवसायीलाई दुःख दिएका उनलाई पक्राउ गरी अध्यागन विभागमा बुझाइएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा क्यानेडियन टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरेर हिजो अध्यागमन विभागमा बुझाएको जानकारी दिइएको छ ।
परिषदका अध्यक्ष भविश्वर शर्माले पछिल्लो छ महिनादेखि भीसाको म्याद सकिए पनि बस्दै आएका (ओभर स्टे) टारासले ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिएका हुन् । त्यसैगरी पछिल्ला दिनमा उनी अनैतिक गतिविधिमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए ।
‘ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्दै आएको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौं,’अध्यक्ष शर्माले भने । पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया थालेको बताइन्छ ।
टिप्पणीहरू