सिटिजन्स बैंकका कार्डवाहकलाई फिटनेस सेन्टरमा छुट

सिटिजन्स बैंकका कार्डवाहकलाई फिटनेस सेन्टरमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नख्खु, ललितपुरस्थित फ्लेक्स फिटनेस सेन्टरबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

अब सिटिजन्स बैंकका कार्डवाहकहरुले फ्लेक्स फिटनेस सेन्टरका विभिन्न सेवामा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याएको बताएको छ । डिजिटल कारोबारमा पाइने छुट सम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिन्छ ।

सिटिजन्स बैंकको मुलुकभर १८१ वटा शाखा, तीन वटा विस्तारित काउण्टर, १३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू