सिबिआईएलमा क्यापिटलमा नयाँ नेतृत्व

सिबिआईएलमा क्यापिटलमा नयाँ नेतृत्व

सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबाट मनोनित संस्थाका सदस्यसमेत रहेका उनलाई सिबिआईएलको १०५ औं सञ्चालक समिति बैठकले नियुक्त गरेको हो । 

बैठकमा क्यापिटलका सञ्चालक राजेन्द्रलाल श्रेष्ठ, प्रमेशराज कायस्थ, कर्मचारी सञ्चय कोषका सुभाष खड्काका साथै प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र सचिव रमेश लुईंटेलको उपस्थिति थियो । 

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवद्र्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त सिबिआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । 

कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योग व्यापारीहरुको सहलगानी छ ।

टिप्पणीहरू