नेपाल इन्भेष्टमेण्ट अब नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

नेपाल इन्भेष्टमेण्ट अब नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

आजदेखि नेपाल इन्भेष्टमेण्ट बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा सञ्चालनमा आएको छ । मेगा बैंक गाभिएपछि इन्भेष्टमेण्ट बैंकको नाममा मेगा थपिएको हो ।  अर्को बैंक गाभिएपछि बनेको नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले पाएका छन् । बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे नै चुनिएका छन् ।  

मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी छ । ग्राहक संख्या पनि ३० लाख बढी र बैंकको कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको बताइएको छ । 

बैंकको कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । बैंकका २ सय ९६ वटा शाखा, ५८ वटा एक्सटेन्सन काउन्टर र २ सय ७९ एटीएम हुने भएका छन् । यी बैंकहरु इन्भेस्टमेण्टको ९० कित्ता सेयर बराबर मेगा बैंकको १ सय कित्ताका दरले गाभिएका हुन् ।

बैंकको एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाँडेले केही वर्षपछि वाणिज्य बैंकहरूको संख्या घटेर सातदेखि आठ वटामा सीमित हुने बताएका छन् ।

टिप्पणीहरू