नर्भिक हस्पिटलले बढायो लाभांश
नर्भिक इन्टरनेशनल हस्पिटलको साधारण सभाले सेयर लगानीकर्तालाई प्रदान गर्ने लाभांश रकम बढाएको छ । आईपी निष्काशनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकको साधारण सभाले लाभांश बढाएर पारित गरेको बताइएको छ ।
समितिले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना शेयरधनीलाई कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लगेको थियो । प्रस्तावअनुसार २० प्रतिशत बोनस शेयर र २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको थियो ।
तर, सभाले २२ दशमलव १०५ प्रतिशत नगद लाभांश गरी ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नर्भिकको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । सभाबाट २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ ।
टिप्पणीहरू