सिटिजन्स बैंकका ग्राहकलाई सुविधै सुविधा
सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट न्यूनीकरणका लागि नयाँ सुविधा सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स स्मार्ट एप’ बाट सोझै मुद्दती निक्षेप खाता खोल्ने सुविधासहित बैंकले नयाँ सुविधा दिएको हो ।
एपको माध्यमबाट ग्राहकले विभिन्न मुद्दती निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजारदेखि पाँच लाखमा सेट गरिएको छ ।
साथै, यस एपले मुद्दती निक्षेप अनुरोध सुविधा पनि दिनेछ । जसबाट ग्राहकले निक्षेप रकमको ९० प्रतिशत ऋणका लागि अनुरोधसमेत गर्न सक्नेछन् ।
यसबाहेक शाखामा ग्राहकको समयलाई कम गर्न बैंकको कर्पोरेट कार्यालयमा रहेको सेल्फ सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि बैंकले सञ्चालनमा ल्याइएको छ ।
यस एपमार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर (क्यूआर कोड स्क्यान) मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, मेरोशेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरु पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
सिटिजन्स बैंकले देशैभर आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाइबाट करिब १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू