राजधानीका अपार्टमेण्ट जुवाघरमा परिणत

राजधानीका अपार्टमेण्ट जुवाघरमा परिणत

प्रहरीले जुवा खेलिरहेका पाँच जना जुवाडे काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित ग्रिनहिल सिटीका ६४ वर्षीय हरि लिम्बुसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

गएराति लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाडेहरुको साथबाट तीन लाख ७९ हजार दुई सय नगदसहित तीन बुक तास बरामद गरेको बताएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू