जब मामाले भान्जालाई छिनाएर मन्दिरमा रगत चढाए

जब मामाले भान्जालाई छिनाएर मन्दिरमा रगत चढाए

मन्दिरमा बलिको बोका दिने र रगत चढाउने गरेको धार्मिक चलनबारे तपाईं हामीलाई जानकारी भएकै हो । तर,सल्यानमा एक जनाले आफ्नै सहोदर भान्जालाई मन्दिरभित्र काटेर रगत चढाएका छन् । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोहि गाउँका आठ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । 

सोहि वडाका वडा सदस्य नन्दलाल पुनका अनुसार आज आइतबार दिउँसो करिब २ बजे पुरीले आफ्नै घर आँगनमा रहेको मन्दिरभित्र लगेर भान्जाको हत्या गरेका हुन् । पुरीले खुर्पा प्रहार गरेर बालकको टाउको र शरिर अलग बनाएको वडा सदस्य पुनले बताउनुभयो । पुरीको मानसिक सन्तुलन ठीक नभएको बताईएको छ । 

घटनाको सूचनालगत्तै प्रहरी चौकी बनगाड, ईलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । हत्या अभियोग लागेका पुरीलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको छ । पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए  । स्थानीयले पुरीलाई बाँधेर राखेका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

टिप्पणीहरू