शिवम सिमेन्टले साढे १० प्रतिशत नगद लाभांश वितरण गर्ने

शिवम सिमेन्टले साढे १० प्रतिशत नगद लाभांश वितरण गर्ने

शिवम् सिमेन्ट्स लिमिटेडले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को साधारणसभा हेटौंडामा सम्पन्न भएको हो ।  

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलब ५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राईलाई सञ्चालक सदस्यमा निर्वाचित गरेको छ ।

  
लगत्तै बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकले गौरव गोयललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको शिवमले जानकारी दिएको छ । साथै, नेपाल सरकारका पूर्व सचिवसमेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ पदमा नियुक्त गरिएको छ ।सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने केही कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

टिप्पणीहरू