सर्वोच्च अगाडि न्यायाधीशकी पत्नीको हारगुहार, कपाल फिँजाएर प्रदर्शन

सर्वोच्च अगाडि न्यायाधीशकी पत्नीको हारगुहार, कपाल फिँजाएर प्रदर्शन

आफ्नै श्रीमानबाट यौनहिंसामा परेकी न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आज सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन गरेकी छन् । न्यायाधीश गिरीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखेको भन्दै उनले कालो कपडा लगाएर कपाल फाल्दै प्रर्दशन गरेकी हुन् । 

उनले न्यायाधीश गिरीलाई तत्काल पक्राउ गरी कारबाही प्रकिया अघि बढाउन माग गरेकी छन् । आरतीलाई साथ् दिन प्रदर्शनमा आएकी बिनु यादवले आफूहरु पटक–पटक न्यायका लागि न्यायपरिषद्मा गए पनि मुद्दा दर्ता नगरिएको र पीडितका कुराहरुको सुनुवाइ नभएको जिकिर गरिन् । 

उनले आफ्ना मागहरु सुनुवाइ नगरे विरोध प्रदर्शनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएकी छन् । यादवले आफू पटक–पटक काका ससुराबाट बलात्कारको प्रयासमा परेपनि हालसम्म उनलाई कारबाही नगरिएको भन्दै चर्को असन्तुष्टि जनाइन् ।

 त्यस्तै, प्रदर्शनमा सहभागी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन् । उनले आरोपित गिरीविरुद्धको ‘कम्प्लेन’ नै न्याय परिषद्ले लिन नमानेको बताइन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी छ ।

 

टिप्पणीहरू