सिटिजन्स बैंकका थप २ शाखा मधेशमा

सिटिजन्स बैंकका थप २ शाखा मधेशमा

सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले नयाँ दुई वटा शाखा स्थापना गरेको छ । बैंकले १८१औं र १८२औं शाखा मधेश प्रदेशको सर्लाही र पर्सामा स्थापना गरेको हो ।

बैंकले सर्लाहीको बरहथवामा र वीरगञ्जको कृष्ण प्रणामी चोकमा दुई वटा शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै मधेश प्रदेका सबै जिल्लामा उक्त बैंकको उपस्थिति रहेको बैंकले जनाएको छ । हाल मधेशमा सिटिजन्सका २९ वटा शाखा सञ्चालनमा छन् । 

सुविधा सम्पन्न ती शाखाबाट ग्राहकहरुले बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जालगायत वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गदैै आएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मुलुकभर १८२ वटा शाखा, १३५ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट झण्डै १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू