गोंगबुको होटलमा साढे सात सय थान राहदानी

गोंगबुको होटलमा साढे सात सय थान राहदानी

प्रहरीले काठमाडौंको एक होटलबाट ७ सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । गोंगबुको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ती  राहदानीसहित तीन जनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरीले कञ्चनपुर बेतकोट नगरपालिका–३ का ४८ वर्षीय लोकजंग खड्कासहित तीन जनालाई पक्रेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले होटल सोनाबाट ७ सय १७ थान र होटल पल्लीकोटबाट १४ थान राहदानीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू