अदालतको फैसलापछि बेपत्ता धादिङका लोकमान थापागाउँमा भेटिए

अदालतको फैसलापछि बेपत्ता धादिङका लोकमान थापागाउँमा भेटिए

बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादी समातिएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले धादिङको गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई पक्रेको छ ।
 

पक्राउ परेका गुरुङउपर बैंकिङ कसूरमा दोषी ठहर गर्दै उच्च अदालत पाटनले सात दिन कैद, ८ लाख २४ हजार जरिवाना र ३२ हजार ९६० रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । त्यसलगत्तै गत बैशाख ६ गतेबाट फरार उनी हिजो काठमाडौंको थापागाउँबाट पक्राउ परेका हुन् ।
 
उनलाई फैसला कार्यान्वयनको निम्ति काठमाडौँ जिल्ला अदालत, बबरमहल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू