इटहरीको जंगलमा बेवारिसे नवजात शिशु

इटहरीको जंगलमा बेवारिसे नवजात शिशु

सुनसरीको बराहक्षेत्रमा रहेको चारकोशे जंगलमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

कपडामा पोको पारेर छाडिएको अवस्थामा बराहक्षेत्र नगरपालिका २, चारकोशे जंगलमा नवजात शिशु (बालिका) लाई स्थानीयले फेला पारेपछि प्रहरीमा खबर गरेका थिए ।

हिजो दिउँसो प्रहरी पुगेर शिशुको उद्धार गरी उपचारार्थ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । नवजात शिशुलाई कसले जंगलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

टिप्पणीहरू