बारको पदभार हस्तान्तरण ठमेलको होटलमा

बारको पदभार हस्तान्तरण ठमेलको होटलमा

सर्वोच्च अदालत बार एशोसिएसनको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । ४८ औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई मौजुदा कार्यसमितिले हिजो एक कार्यक्रमका बीच पदभार हस्तान्तरण गरेको हो । 

सर्वोच्च बारका निवर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले ठमेलको होटल अल्फ्टमा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेका हुन् । पुस २३ गते सम्पन्न निर्वाचनले वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलको नेतृत्वमा सर्वोच्च बारको नयाँ कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्षमा अधिवक्ता जगदीशप्रसाद पाण्डे, सचिव अधिवक्ता श्यामकुमार खत्री, सहसचिव वरिष्ठ अधिवक्ता सुजन लोप्चन, कोषाध्यक्ष अधिवक्ता कपिलचन्द्र पोखरेल छन् ।

टिप्पणीहरू