विमान दुर्घटनामा दिवङ्गतको शव नपाएपछि चक्काजाम

विमान दुर्घटनामा दिवङ्गतको शव नपाएपछि चक्काजाम

गत साता पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाको शव नपाएपछि तिनका आफन्त आक्रोशित भएका छन् । उनीहरुले हिजो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडिको मूल सडकमा केहीबेर चक्का जाम गरेका थिए ।

माघ १ गते भएको दुर्घटनाको एक साता बितिसक्दा पनि शवको पोष्टमार्टम र डिएनए परीक्षण नसकेको भन्दै आफन्तले शव बुझ्न नपाएपछि उनीहरु उग्र भएको बताइएको छ । गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम् अस्पताल पुगेर यथाशक्य छिटो शव पहिचानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । 

तर दुर्घटनाको नौ दिनसम्म पनि मेडिकल प्रक्रिया पूरा नभएको भन्दै आफन्तहरु क्रुध्द बनेपछि हिजो केहीबेर सो क्षेत्रको यातायात अवरुध्द भएको हो । उनीहरुले साँझ पौने ७ बजेदेखि करिब २० मीनेटसम्म चक्काजाम गरेका थिए ।

हिजो त्यहि समयमा प्रधानमन्त्री दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न सोही मार्ग भएर शीतल निवास जानुभएको थियो ।
 

टिप्पणीहरू