प्रेमी प्रेमिकाद्वारा एउटै रुखमा झुण्डिएर देहत्याग

प्रेमी प्रेमिकाद्वारा एउटै रुखमा झुण्डिएर देहत्याग

 झापाको केचनाकवलमा प्रेमी प्रेमिका एउटै रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

केचनाकवल गाउँपालिका ४ खुट्टामुनी घर भएका २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन । सोही वडाको एभरेष्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुवै जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।  

अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने पाठकले बताए ।  

करिब ३ महिनाअघि दुवै जनाले भागेर विवाह गरेको बुझिएको छ । केटा पक्षले भागी विवाहलाई स्वीकार गरेपनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको केटापक्षको आरोप छ । केटीको बुबाले प्रहरीमा केटाविरुद्ध किटानी जाहेरी हालेका थिए । केही दिनअघि प्रहरीमा दुबै पक्ष अलग अलग बस्ने गरी सहमति भएको थियो । 
गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै केचनाकवल गाउँपालिकामा फेरि यस्तो दर्दनाक घटना घटेको हो ।
 

टिप्पणीहरू