यस्ता मान्छे कति होलान् सशस्त्रमा ?

यस्ता मान्छे कति होलान् सशस्त्रमा ?

भर्खरै स्थापनाको २२ औं वार्षिकोत्सव मनाएको सशस्त्र प्रहरी बलमा सिमाना हेर्ने जिम्मेवारीसमेत थपिएपछि विकृति मौलाएको छ । हाकिमकै मिलेमतोमा अवैध ओसारपसार, तस्करी र राजस्व छलीलगायतका कामहरू भएको जनगुनासो पछिल्लो समय व्यापक आउन थालेको छ । कतिपय बर्दीवाल तस्करसँग मिलेको आरोपमा छानबिनको निम्ति तानिनेसमेत गरेका छन् । 

कमाउने ठाउँ भए जाने नत्र जान्न भन्नेमा पर्छन्, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साका निरीक्षक प्रकाश भट्ट । शेरबहादुर देउवाको गाउँले नाताका उनले एक समय अलि कम आम्दानी हुने बिओपी बोर्डर आउटपोस्ट जान सरासर इन्कार गरेका थिए । पछि पावर भिडाएर पर्सा बिओपी नै फर्किए । तर, त्यहाँ ठूलै काण्डमा मुछिएपछि अर्कै बिओपी पठायो । उनी नबसेको २ नम्बर प्रदेशमा गतिलो नाका कुनै छैन । राष्ट्रपतिले दिने तक्मासमेत उनलाई के योगदानबापत प्राप्त भयो, हिसाब छैन । 

टिप्पणीहरू