युुवराज खतिवडाद्वारा सांसदहरुको पठन पाठन

युुवराज खतिवडाद्वारा  सांसदहरुको पठन पाठन

पूर्व अर्थमन्त्री तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. युवराज खतिवडाले आज प्रतिनिधिसभाका सांसदहरुलाई पढाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आयोजित तालिममा डा. खतिवडाले अनुभव साटेको बताइएको छ ।

‘माननीय सदस्यहरूका लागि आयोजित प्रक्रिया  र अभ्याससम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँ सहभागी हुनुभयो’ संसद सचिवालय स्रोतले बतायो । कार्यक्रममा उपसभामुख इन्दिरा राना,संसद सचिवालयका महासचिव  भरतराज गौतम, प्रतिनिधि सभाका सचिव,राष्ट्रिय सभाका सचिवलगायत झण्डै एक सय जनाको सहभागिता छ ।

टिप्पणीहरू